१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देही शाखाको आयोजनामा बुधबारदेखि बुटवलमा डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु भएको छ । रुपन्देहीमा क्रियासिल प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि २ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न १० वटा विषयमाथि विषय विज्ञबाट सहजिकारण गरिने छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले मिडियाको क्षेत्रबाट बुटवलको बिकासका लागि आवश्यक सुझाव सल्लाहको अपेक्षा गरे । ‘के कुराले बुटवल राम्रो हुन सक्छ ती विषयमा छलफल र निश्कर्षसहित आउनुभयो भने हामीलाई पनि अघि बढ्न सहज हुन्छ ।”-प्रमुख पाण्डेयले भने, अब बुटवलको बिकासमा हामी सबै जुट्न आवश्यक छ । सबै मिलेर बुटवल बनाउनु पर्ने भन्दै उनले यहाँ शैक्षिक क्षेत्रको बिकास तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भैरहेको बताए ।

यसैगरी बुटवल बजारको सडक मर्मत तथा व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा बिकास गर्न हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन तथा बुटवल बसपार्कमा विभिन्न भौतिक संरचना निर्माण लगायतका योजना सुनाए ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले समयसापक्ष रुपमा डिजिटल मिडियाको प्रयोग र यसको व्यवस्थापनका लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । पछिल्लो समय मिडिया क्षेत्रमा थपिएका चुनौतीहरुको सामना गर्न तथा विकसित प्रविधिको प्रयोगमा सञ्चारकर्मीले आफूलाई विकसित र परिमार्जित गर्नुपर्ने बताए । सोही उद्देश्य अनुसार नै प्रेस चौतारीले कार्यक्रमको आयोजना गरेको बताए ।

तालिममा डिजिटल मिडियामा अवसर चुनौती, संघीयतामा मिडिया, फेक समाचार, डिजिटल मिडियाका आयाम, सोसल मिडियाको प्रयोग, समाचार स्रोत र ईस्यु बारे छलफल गरिने प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष विपी गौतमले जानकारी गराए । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा ३ दर्जन बढी सञ्चारकर्मी सहभागी भएका छन् ।

भिडियो सहित

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : ५६ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन