१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा अनियमितता भएको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन अध्यक्ष झा र खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशकहरु रेवतीराम पन्थ,सन्दिप अधिकारी, विजयकुमार राय यादव, प्रतिक्षा पौडेल, नीराजन कोइरालाविरुद्ध रु ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ बराबरको बिगो दाबी गरिएको छ । उनीहरुविरुद्ध अमेरिकी डलरको विनिमयदर बमोजिम थप रु २३ करोड २० लाख ५९ हजार तीन सय १४ बराबरको बिगो दाबी गर्दै असूल उपर गर्नसमेत आयोगले माग दाबी गरेको छ ।

त्यस्तै न्युमेरा एम एडडीएन बीएचडी मलेसियाका कर्मचारीहरु, नमस्ते ग्लोबल कमन पीटीई सिङ्गापुरका निर्देशक कविन्द्रराज मल्ललगायतका व्यक्तिविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । मोबाइल म्यानेजमेन्ट सिष्टम खरिदकार्य गर्दा पुष्ट्याइको आधारबिना बदनियत राखेको पाइएको छ । अस्वाभाविक ढङ्गले बढी काम लागत देखाई लागत अनुमान र बोलपत्र स्वीकृत नगराई काम गरेको पाइएको आयोगको दाबी छ । आरोपीविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : ०१ बजे

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवल आज विश्वासको

यस्तो छ अर्थमन्त्रीले तयार पारेको आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

फ्राइडे रिलिज : आजदेखि ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुई नेपाली चलचित्र ‘एक मुठ्ठी

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं । दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको