२३ भदौ २०८३, मंगलबार | September 9, 2026

कपनबाट पेस्तोलसहित एकजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ । पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : १९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी