२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक



तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको विभत्स हत्या अभियोगमा प्रहरीले सागर भनिने देवलाल सार्कीलाई सार्वजनिक गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी हत्यामा संलग्न भएको भन्दै शुक्रबार छिमेकी लप्सीखोलाका १९ वर्षीय सार्कीलाई सार्वजनिक गरेको हो ।

गत मंगलबार सुनारको धारिलो हतियारको प्रयोगबाट हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले सामान्य विवादका कारण आवेग थाम्न नसकी धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी समक्ष अभियुक्त सार्कीले स्वीकार गरेको बताए ।

उनका अनुसार सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हंँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री बरामद गरेको छ । त्यस्तै गोठबाट मृतकको मोबाइल फेला परेको उनको भनाइ छ । शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो । मृतक पद्माका बुवा दलबहादुर सुनारले हिजो नै किटानी जाहेरी दिएका छन् ।

शुक्रबारै मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । सुनारको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनास्थलमा रहेको सबुद प्रमाण र शव जाँच मुचुल्काका आधारमा चैत १४ गते गौतम बुद्ध विमानस्थल सुरक्षा गार्ड केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई घटनास्थलको जाँच गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : ४६ बजे

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति

सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई