२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा



गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बनेको छ । यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन् ।

रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको बासस्थान रहेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । उनका अनुसार दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइने परियोजना अधिकृत पन्थीले बताउनुभयो । उहाँका अनुसार नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा रहेका छन् ।

पन्छी संरक्षण सङ्घले गरेकोे चरा गणनाअनुसार रेसुङ्गा क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका परियोजना अधिकृत पन्थीले जानकारी दिए । जिल्लाका दुईवटा वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययनअनुसार दुवै क्षेत्रमा गरी तीन सय पाँच प्रजातिका चरा भेटिएका भन्दै यो सङ्ख्या नेपालमा पाइने प्रजातिमध्येको ३५ प्रतिशत रहेको उनले बताए ।

विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको सरोकारवाला बताउँछन् । यो प्रजाति अति सङ्कटापूर्ण अवस्थामा रहेकाले यसको बासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् ।

पन्छी संरक्षण सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वनजङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनसँग जोडिने काम गरिरहेको छ ।

गुल्मीलाई भविष्यमा चरा पर्यटकका रुपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहबाट आवश्यक सहयोग पु-याउन रेसुङ्गा नगरपालिका सधैँ तयार रहेको नगर प्रमुख खिलध्वज पन्थीले बताए। दुर्लभ प्रजातिका चरा संरक्षणका लागि मुख्य चुनौतीका रुपमा बासस्थान, खानेपानीको अभाव रहेको उनको भनाइ छ ।

अतिरिक्त वन–डढेलो, विद्युतीय प्रसारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायत कारणले दुर्लभ प्रजातिका चरा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पन्छी संरक्षण सङ्घले जनाएको छ । सङ्घले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।
रासस

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : १२ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला