७ श्रावण २०८३, बिहिबार | July 24, 2026

वीरगन्जमा अबैध कल सेन्टर संचालन गर्ने दुई चिनिया पक्राउ



वीरगन्ज । वीरगन्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगन्ज महानगरपालिकाको वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । सो घरबाट दर्जनौं संख्यामा अवैध कम्प्युटर लगायतका इलेक्ट्राँनिक्स सामानहरु समेत बरामद भएको डिएसपी थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एपसपी) कुमोध ढुंगेल नेतृत्वमा नै खटिएको प्रहरी टोलीले सो घरमा छापामारी गरेको थियो । प्रहरीका अनुसार चिनिया गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा कारोबार गर्दै आएका थिए ।

प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीको घरमा दुई महिना पहिला हेटौंडाकी एक महिलाले घर भाडा लिएकी ‍थिइन । सोही घरमा चिनिया नागरिकले सञ्चालन गर्दै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकाहरुको नाम अहिले खुलाएको छैन् । भोली (आइतबार) पक्राउ परेका र बरामद सामानहरु बारे बिस्तृत रुपमा जानकारी गराइनले प्रहरी प्रवक्ता थापाले वताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : १४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी