१८ जेष्ठ २०८३, सोमबार | June 2, 2026

तिलोत्तमा वडा न ५ को निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० बढीको उपचार



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ को आयोजना तथा निता पोलिक्लिनिकको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । वडा कार्यालय परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले वडाबासीको स्वास्थ्य सुबिधाका खातिर भौतिकता, आध्यात्मसँगै मानवीयताको पाटोलाई समेत आत्मसात गर्दै अघि बढेकोमा वडाको प्रशंशा गरे ।

पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान नसकिरहेका कतिपय स्थानिय तहको उदाहरण दिदै नगर प्रमुख खाँडले वडा न ५ ले आफुलाई अब्बल बनाउन कुनै कसर नराखेको बताए । उनले स्वास्थ्य क्षेत्रका बारेमा तिलोत्तमा नगरपालिका सदैव चनाखो रहेको र त्यसमा वडा कार्यालयले देखाएको तत्परता साच्चिकै गर्व गर्न लायक रहेको बताए ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष रमेश डुम्रेले नियमित स्वास्थ्य चेकजांच गर्ने बानी बसाल्न सके वडासँगै नगर समेत स्वास्थ्य क्षेत्रमा समृद्ध हने संकल्प सहित बृहत स्वास्थ्य शिविरको आयोजन गरिएको बताए । अध्यक्ष डुम्रेले आर्थिक अभाव भएका गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान कठिनाई परिरहेको बर्तमान अवस्थामा वडाले घर आँगन मै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु आर्फमा चुनौतीपुर्ण भएपनि वडाबासीका खातिर कार्यक्रम ल्याइएको जानकारी दिए ।

कार्यक्रममा स्वागत गर्दै वडा सदस्य हरि पन्थले स्वास्थ्य शिविरलाई निशुल्क भन्दैमा सामान्य रुपमा लिन नहुने भन्दै स्वास्थ्यप्रति संवेदनशील बन्न यस्ता कार्यक्रम फलदायी सावित हुने बताए । निता पोलिक्लिनिकको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ८ किसिमका रोगहरुको विशेषज्ञचा हासिल गरेका डाक्टरहरुबाट सुगर, प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी र फिजिसियन लगायतका सेवा उपलब्ध गराइएको वडाका आधारभुत स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारीले जानकारी दिए ।

शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको कार्यक्रममा वडाका निबर्तमान अध्यक्ष चेतनारायण भण्डारी, निता पोलिक्लिनिकका संन्चालक रामप्रसाद ढकाल, टोल बिकासका प्रतिनिधीहरु, विभिन्न सामाजिक व्यक्तित्व तथा वडावासीहरुको ब्यापक उपस्थिति रहेको थियो । झण्डै ३ सय ५० व्यक्तिले स्वास्थ्य चेकजाँच गराएको निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रमको औपचारिक संचालन वडा सचिव हरि खतिवडाले गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : ३७ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद