११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

बाबर आजम फेरि पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त



कराँची । पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी-२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ ।

गत वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फम्र्याटका क्रिकेटबाट कप्तानी पद त्याग गरेका थिए ।

पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुनः नियुक्त गरिएको ट्विटरमार्फत घोषणा गरेको थियो । बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टि-२० र एकदिवसीय दुबै टिमका लागि बाबर आजमलाई नियुक्त गरिएको हो ।

यसअघि अन्तरिम व्यवस्थाका रुपमा टी-२० क्रिकेटका लागि तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । साथै शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा भ्रमणकारी पाकिस्तानी टोली ३-० र टी-२० क्रिकेटमा ४-१ ले नराम्रोसँग पराजित भएको थियो ।

संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्यूजील्यान्ड, आयरल्यान्ड र इङल्यान्ड विरुद्ध टी-२० क्रिकेट खेल्दैछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  २ : ०१ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने