७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित



चितवन । चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरेका हुन ।

‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर-४ का प्रकाश थापालाई प्रदान गरिएको छ । यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर-१२ का प्रा डा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । ‘चित्रवन प्रज्ञा पुरस्कार’ भरतपुर-१० का डि आर पोखरेललाई प्रदान गरिएको छ । उनलाई ‘संस्कृतिको सोपानमा चितवन’ कृतिका लागि सो पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई जनही रु ५० हजारसहित सम्मान गरिएको हो ।

यसैगरी ‘वागिश्वरी प्रज्ञा पुरस्कार’ भरतपुर-१ की सिम्रन क्षेत्रीलाई उनको ‘झुमर’ उपन्यासका लागि प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (काव्यतर्फ) भरतपुर-१ कै जगन्नाथ पण्डित (घरबारीमा तोरी फुल्यो कविता संग्रह) लाई प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (आख्यानतर्फ) अष्टदेव खनाललाई प्रदान गरिएको छ । उनीहरुलाई जनही रु २५ हजार ७८ सहित सम्मान गरिएको हो ।

यस्तै राष्ट्रिय खुला कथा प्रतियोगिता, २०८० मा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ’ शीर्षकको कथा सर्वोकृष्ट भएको छ । उनलाई रु ४० हजार ७८ सहित सम्मान गरियो । सो विधामा लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल ग¥यो । उनलाई रु ३० हजार ७८ सहित सम्मान गरिएको छ । काभ्रेपलाञ्चोकका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान प्राप्त ग¥यो । उनलाई रु २० हजार ७८ बाट पुरस्कृत गरिएको छ । मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) लाई ‘पहिचान’ र राधिका कल्पित (राधिका गौतम पौडेल)लाई ‘अब लजाउँदैन लज्जावती’ शीर्षकको कथाका लागि जनही रु १० हजार ७८ बाट पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानद्वारा आयोजित ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिताका उत्कृष्टलाई समेत सम्मान गरिएको छ । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीको निबन्ध सर्वोकृष्ट घोषित भयो । उनलाई रु १० हजार ७८ सहित पुरस्कृत गरिएको छ । यस्तै अनुस्का न्यौपानेलाई रु आठ हजार ७८, चिरञ्जीवी दाहाललाई रु ६ हजार ७८ तथा सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही रु चार हजार ७८ तथा प्रमाणपत्रसहित सम्मान गरिएको प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ४५ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि