१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै



कञ्चनपुर । कैलाली-कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम दिन आज ‘खखडेहरा पर्व’ मनाइरहेका छन् । राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्दैछन् । महिलाले भने होली चैत महिनाको चराई पर्वमा पठाउने चलन रहेको छ ।

खखडेहरा पर्वमा आज बिहानै राना थारु समुदायका अगुवाले घर घरबाट पूजा सामग्री सङ्कलन गरेका छन् । खखडेहरामा पूजा गर्न सात प्रकारको अन्न सङ्कलन गरिएको शुक्लाफाँटा नगरपालिका-६ कसरौलका रतनलाल रानाले बताए । सङ्कलित पूजा सामग्रीलाई राना थारु समुदायले ‘सत्ना’ भन्ने गर्दछन् ।

गाउँको रीतितिथि, संस्कृति बसाल्नका लागि नियुक्त गरेका भलमन्सा, चाकर, भर्रालगायतले गाउँको चौबाटोमा विधि विधानअनुसार पूजा गरी सकेपछि हडिया, खप्टा, घोडाको मूर्ति, दियोलगायत फोडने चलन रहेको राना थारु अगुवा सुग्रिव रानाले बताए । “यो कार्यमा गाउँका निश्चित व्यक्ति सहभागी हुने गर्दछन्”, उनले भने, “राक्षसी प्रवृत्तिलाई भगाउन जाने भएकाले फोडेर फर्कने क्रममा पछाडि फर्केर हेर्नुहुँदैन, फर्केर हेरेमा सँगै घर फर्कने र अनिष्ट निम्त्याउँछ भन्ने जनविश्वास छ ।” खखडेहरा पर्वको पूजा भने विशेष गरी साँझपख नै गर्ने गरिन्छ ।

खखडेहरा पर्व प्रत्येक राना थारु समुदायका गाउँ गाउँमा हुने गरेको छ । साँझपख घर घरमा पुगेर फगुवा माग्ने गरिन्छ । फगुवामा गच्छे अनुसारको नगद रकम माग्ने गरिन्छ । फगुवा माग्नेले साँझ रमाइलो गर्दै भोज खाने गर्दछन । साँझपख महिला र पुरुषले परम्परागत शृङ्गार गरी होली खेल्ने गरिन्छ । यो पर्वमा गरिने पूजाले अन्नबाली सप्रने, रोगव्याधि हट्ने, गाउँमा खुशियाली छाउने भन्ने जनविश्वास रहेको पाइन्छ ।

नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले सामाजिक, सांस्कृतिक र धार्मिक महत्वले भरिएको पर्वका रुपमा राना थारु समुदायले होलीलाई लिने गरेको बताए । “राना थारु समुदायको यो महत्वपूर्ण पर्व हो”, उनले भने, “यस त्यौहारको अन्तिम दिन मनाइने खखडेहरा पर्वको झनै महत्व छ ।”

खखडेहरा पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । माघ शुक्ल पूर्णिमाका दिनदेखि होलीकाको प्रतीक राखेर राना थारु समुदायले होली प्रारम्भ गर्ने गर्दछन । होलीको प्रतीक स्थापना गरेको एक महिनासम्म राति महिला र पुरुषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ ।

गाउँको दक्षिण पूर्वतर्फ स्थापना गरिएको होलीकालाई पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म राति खेलिनेलाई जिउँदो होली भन्ने गरिन्छ । होलीका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टीका नलगाउने चलन राना थारु समुदायमा रहेको शिवचरण रानाले बताए । आठौँ दिनको बेलुका खखडेहरा मनाइन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : ५४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले