२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बाँकेको खजुरामा घरभित्रै श्रीमान श्रीमती गम्भीर घाइते अवस्थामा फेला परे



खजुरा । बाँकेको खजुरामा गम्भीर घाइते अवस्थामा रहेका श्रीमान श्रीमतीलाई प्रहरीले उद्दार गरेर अस्पताल पठाएको छ । खजुरा ३ बी गाउँमा घाँटी लगायतका स्थानमा धारिलो हतियारले रेटिएको अवस्थामा रहेका श्रीमान श्रीमतीलाई उद्दार गरि प्रहरीले अस्पताल पठाएको हो ।

घरभित्र चुक्कुल लगाएर आपसी झगडा गरिरहेका उनीहरुले धारिलो हतियारले हानाहान गरेको छिमेकीले सूचना दिएपछि प्रहरीले मुल ढोका फोडेर उनीहरुको उद्दार गरेको बताइएको छ । घरभित्र गम्भीर घाइते अवस्थामा रहेका खजुरा ३ का २९ वर्षिय महेन्द्र रावत र २७ वर्षिया रितार्सिह ठकुरीलाई उद्दार गरि मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज वठाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए ।

घाइते दुबैको अवस्था गम्भीर रहेको डीएसपी डाँगीले बताए । घटनाको इलाका प्रहरी कार्यालय धनौलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : १९ बजे

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ