१२ असार २०८३, शुक्रबार | June 27, 2026

अन्ततः सर्वोच्च अदालतमा हाजिर भए बाबा रामदेव



काठमाडौँ । योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो ।

पतञ्जली आयुर्वेदको ‘भ्रामक विज्ञापन’ सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ । पतञ्जलीले गत महिना यस विषयमा माफी पनि मागेको थियो तर अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।

अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन् । रामदेवका वकिलले भने, ‘हामी माफी माग्न चाहन्छौँ र अदालतले जे भन्छ त्यही गर्न तयार छौँ ।’

फेब्रुअरी २७ गते सर्वोच्च अदालतले पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।

सर्वोच्च अदालतले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारलाई पनि तान्दै यी मानिसहरू आँखा चिम्लिएर बसेको बताएको छ । अदालतले सरकारले तत्काल केही कदम चाल्नुपर्ने बताएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : ०२ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३