१४ बैशाख २०८३, सोमबार | April 28, 2026

देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ : महासचिव विप्लव



कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन् ।

सो पार्टी निकट युवा सङ्गठन नेपालद्वारा आज धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताए ।

“माओवादी मिल्नुपर्छ भन्ने झुपडी÷झुपडी र घर÷घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ”, उनले भने । उनले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए ।

समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्ने बताए ।

“जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्”, उनले भने, “हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन”, उनले भने, “हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ÷सात करोड मान्छेलाई खान पुग्छ ।”

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : ३३ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११