२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कांग्रेसले शर्मा र साउदलाई बनायो उपनिर्वाचन संयोजक



काठमाडौं । नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । कांग्रेसले इलाम-२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ ।

कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

त्यस्तै इलाममा उम्मेदवार बनेका खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस जिल्ला सभापति समेत हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १२ : ४२ बजे

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई