२२ चैत्र २०८२, आइतबार | April 6, 2026

लुम्बिनी वल्ड स्कुलमा अभिभावकत्व दायित्व विषय अन्तरक्रिया सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मधवलिया स्थित लुम्बिनी वर्ल्ड स्कुलमा प्राविधिक युगमा कसरी अभिभावकत्वको जिम्मेवारी बहन गर्ने भन्ने सम्बन्धी बृहत् कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी वर्ल्ड स्कुल र नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजनको सहकार्यमा मोटिभेसनल स्पिकर सौरभ लोहनीद्वारा रूपन्देहीका विभिन्न क्षेत्रबाट आएका अभिभावकहरूको बीचमा अत्यन्तै प्रभावकारी रुपमा प्यारेन्टिङ कसरी गर्ने, बालबालिकाहरूलाई मोबाइल, टिभी लगायतका सामग्रीहरु सही रुपमा कसरी प्रयोग गर्ने यसको अनावश्यक प्रयोगबाट कसरी वञ्चित गर्ने तथा घरमा के कस्तो वातावरण सिर्जना गरेमा बालबालिकाहरू प्रविधिजन्य यन्त्रहरूको दुरुपयोग गर्नबाट सुरक्षित रहन्छन् भन्ने जस्ता कुराहरूको प्रशिक्षण प्रदान गरिएको हो ।

कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र थियो जहाँ अभिभावकहरूले डिजिटल युगमा सामना गर्ने विभिन्न अभिभावकीय चुनौतीहरूको बारेमा लोहनीबाट व्यक्तिगत सल्लाह लिने अवसर पाएका थिए ।

कार्यक्रममा सहभागी सम्पूर्णलाई विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले लुम्बिनी वर्ल्ड स्कुलले प्रदान गर्ने शैक्षिक वातावरण र यसका शैक्षणिक प्रक्रियाहरूबारे छोटो जानकारी दिएका थिए । उनले विद्यालयले शिक्षकहरूको तालिम अभिभावकहरूसँग बच्चाको तथा विद्यालयको सम्बन्ध तथा विद्यालय र विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व जस्ता कुराहरूलाई आत्मसाथ गर्दै चरणबद्ध रुपमा यी कुराहरूको अभ्यास गर्दै रहेको जानकारी गराएका थिए ।

साथै कार्यक्रममा कोडिङ कक्षाका कार्यकारी प्रमुख सुशील बुढाथोकीले कोडिङ कक्षाको महत्व र के कसरी विभिन्न उमेर समूहका बालबालिकाहरू कोडिङ कक्षामा भाग लिन सक्छन् भन्ने बारे जानकारी प्रस्तुत गरेका थिए । विद्यालयका शैक्षिक निर्देशक डा। मीनप्रसाद खनालका अनुसार सेमिनारको अत्याधिक सफलता र सहभागीहरूबाट हामीले पाएको सकारात्मक प्रतिक्रियाले अत्यन्तै उत्साहित भएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : ०४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको