२९ चैत्र २०८२, आइतबार | April 12, 2026

‘पशु कल्याण ऐन नहुँदा नेपालमा पशुमाथि दुर्व्यवहार बढ्यो’



नेपालगन्ज । नेपालमा पशु कल्याण ऐन नभएका कारण पशु चौपायामाथि दुर्ब्यवहार बढेको सरोकारवालाले बताएका छन् । डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धि मिडीया ब्रिफिङ तथा जानकारी विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले ऐनको अभावमा पशुमाथिको ज्यादती बढेको बताए । उनीहरुले पशु कल्याण ऐन नआउँदा सम्मका लागि पशु कल्याण मापदण्ड बनाएर जानुको विकल्प नभएको बताए ।

सहभागीहरुले भारतमा १९५४ मा नै र चीनमा त्यस अघि नै पशु कल्याण ऐन बनेपनि नेपालमा त्यस सम्बन्धि ऐन बन्न नसकेको गुनासो गरे । नेपालमा बिभिन्न चाडपर्वमा सांस्कृतिकरुपमा पशुपंछिहरुको पुजा गरिएपनि पशुहरु प्रतिको व्यवहार राम्रो नभएको उनीहरुको भनाई थियो । लाभ प्राप्त हुँदा सम्म पशु प्यारो हुने र लाभ दिन नसक्दा पशुलाई सडकमा छाडीने गरेको सहभागीहरुले बताए ।

कार्यक्रममा बोल्दै पशु सेवा बिभागका पूर्व महानिर्देशक तथा नेपाल फार्मर एडभाइजरी काउन्सिल प्रालीका प्रबन्ध निर्देशक डा. बिमल कुमार निर्मलले नेपालमा पशु कल्याणका लागि बनाईएका भनिएका गौशालाहरु पशु कल्याण मेत्री नभएको बताए । उनले मापदण्ड कार्यान्वयनबाट मात्र पनि धेरै मात्रामा पशुमाथिको दुर्ब्यवहार नियन्त्रण गर्न सकिने उल्लेख गर्दै ७ वटै प्रदेशमा पशु कल्याण मापदण्ड कार्यान्वयको चरणमा रहेको जानकारी दिए ।

पशु कल्याण सम्बन्धि कार्य गर्दै आएको स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुहरुलाई भोक, प्यास र कुपोषण हुन नदिनु अहिलेको पहिलो आवश्यकता भएको बताइन् । उनले पशुलाई डर, त्रास र तनावबाट मुक्त गर्नु पर्ने, पीडा, चोटपटक र रोगब्याधीबाट सुरक्षित राख्नु पर्ने उल्लेख गरिन् । पशु कल्याण मापदण्डले सामान्य प्रकृतिक व्यवहार अभिव्यक्त गरि पशुको बाँच्न पाउने अधिकारलाई सम्बोधन गरेको उनको भनाई छ ।

लुम्बिनी प्रदेश पशु सेवा निर्देशनालयका निमित्त निर्देशक प्रदेशसिंह कुँवरले जनशक्तिको अभावमा पशुहरुमा सरकारी सेवा पुग्न नसकेको बताए । उनले ३ जना प्राबिधिकले ५ हजार पशुको सेवा दिनु पर्ने अवस्था रहेको भन्दै प्रदेशमा पशु कल्याण मापदण्ड कार्यान्वयन गर्न निर्देशनालय सकारात्मक रहेको बताए ।

लुम्बिनी प्रदेशमा मापदण्ड कार्यान्वयनको पूर्व तयारीकारुपमा भोली सरकोरवालाबीच समगै पशु कल्याण र विशेषगरि गाई भैंसी कल्याणका विषयमा बृहत छलफल गर्न थालिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ०६ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय