९ बैशाख २०८३, बुधबार | April 22, 2026

बुटवलमा जारी अन्तर्राष्ट्रिय बुद्धिचाल खेलमा रुपेश जैसवाल अगाडि, अन्तिम चरणमा पुगे १ सय ४२ जना



बुटवल । बुटवल उपमहानगरपालिका १३ बेलबासमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीहरुलाई पछि पार्दै नेपालका एफ.एम. रुपेश जैसवालले एकल अग्रता कायम गरिरहेका छन् ।

कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सातौं चरणको खेल सकिंदा रुपेशले स्थानीय चार खेलाडी सहित पूर्व नेपाल च्याम्पियन सि.एम.पुरुषोत्तम चौलागाईं, भारतका रिशव निशादलाई पराजित गरेका छन् ।

प्रतियोगिताका प्रमुख निर्णायक निरन्जन प्रजापतिका अनुसार भारतका रुपेशले सुदिर कुमार सिन्हासँग बराबरी खेल्दै शिर्ष ६.५ अंक जोड्न सफल भएका छन् । रुपेशले १९६९ रेटिङ्गवाट खेल प्रारम्भ गरि सात चरणको खेलमा ३० रेटिङ्ग वृद्धि गर्न सफल बनेका छन् । यति बेलासम्म उनको रेटिङ्ग पर्फोमेन्स २१३८ रहेको छ । प्रजापतिका अनुसार आज २७ गते बिहान ८ बजेदेखि अन्तिम चरणको फाईनल राउन्ड हुने छ ।

नेपालका सि.एम.सजिन महर्जन हालसम्म पाँच खेलमा जीत दर्ता र दुई खेल बराबरी खेल्दै ६ अंक बोकि दोश्रो स्थान ओगट्न सफल रहेका छन् । महर्जनले अमेरिकन खेलाडी वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादब, नेपाली भवेष डंगोरिया र गोविन्द खड्का माथि विजय प्राप्त गरेका थिए भने उदियमान खेलाडी सुदिप तामाङ र भारतका दिव्यांशु संग बराबरी खेलेका थिए । महर्जनले १९६८ रेटिङ्गवाट प्रतिस्पर्धा गरि ९.६ रेटिङ्ग वृद्धि गरेका छन् । उनको रेटिङ्ग पर्फोमेन्स १९३० रहेको छ ।

विदेशी खेलाडी सुधिर कुमार सिन्हा र रिशव निसादले पनि ६/६ अंक बनाउदै सजिन संगै संयुक्त दोश्रो स्थानमा उभिएका छन् । भारतका सुधिर कुमार सिन्हाले पाँच जित दुई बराबरी खेलेका छन् भने भारतकै रिशव निसाद एक खेलमा पराजित भइ ६ खेलमा जित निकालेका छन् । सुधिरको रेटिङ्ग पर्फोमेन्स २०४८ रहेको छ भने रिशवको रेटिङ्ग पर्फोमेन्स २००२ रहेको छ ।

प्रतियोगिताका उच्च रेटेड बंगलादेशका खेलाडी सि.एम. एम.डि जमाल उद्दिन ५.५ अंक जोडेर नेपाली र भारतीय छ जना खेलाडीहरु संगै संयुक्त तेश्रो स्थानमा उभिएका छन् । जमालसंगै ५.५ अंक जोड्ने खेलाडीहरुमा भारतका विपुल सुभासि, नेपालका सि.एम कृष्ण थापा, सुरज महर्जन, युवा पुरुषोत्तम सिलवाल र सुदिप तामाङ रहेका छन् ।
भारतीय महिला खेलाडी डब्लूएफएम बृष्टि मुखर्जीले पाँच खेलमा जित र दुई खेलमा हार आत्मसात गर्दै ५ अंक बनाएर महिला मध्ये अगाडि रहन सफल भइरहेका छन्। उनले १९०३ रेटिङ्गवाट खेल शुरु गरि २.४ रेटिङ्ग वृद्धि गरेकि हुन् । उनको रेटिङ्ग पर्फोमेन्स भने १८३० मा झर्न पुगेको छ । उनी संगै अन्य बीस जना खेलाडीहरुले ५/५ अंक बनाउदै खेललाई निरन्तर दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले कूल १० लाख १ हजार पुरस्कार राशीका लागि १ सय ४२ जना खेलाडीहरु अन्तिम प्रतिस्पर्धामा रहेको जानकारी गराएका छन् । प्रधानका अनुसार ५१ जना खेलाडीले विभिन्न विधामा पुरस्कार पाउने छन् भने प्रतियोगिताको अन्तिम खेल आज सकिने र मेयर खेलराज पाण्डेले पुरस्कार वितरण गर्नेछन ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ३० बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको