६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

अव खजुरा गाउँपालिकाको आफ्नै जेसिबी, विकासमा ढिलासुस्ती नहुने विश्वास



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले विकास निर्माणको काम छिटो छरीतो रुपमा गर्न भन्दै जेसिबी खरिद गरेको छ । खजुरा गाउँपालिका भित्र सडक निर्माण, विस्तार, स्तरवृद्धि , मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरीद गरेको पालिकाले जनाएको छ ।

विकास निर्माणको कामलाई तिब्रता लिन जेसिबीको खरिदले सहज बनाउने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले बताए । यसअघि श्रोत र साधनको अभावको बहानामा कामहरु ढिला हुने गरेपनि अव त्यो समस्या हटेर जाने अध्यक्ष बिकले बताए ।

स्थानीय सरकारलाई विकास निर्माणको काम गर्ने सवारी साधन हुँदा सहज हुने भएकाले जेसीबी खरिद गरिएको खजुरा गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत बस बहादुर रानाले बताए ।

चालू आर्थिक वर्षको बजेटबाट ४४लाख ९८ हजार रुपियामा जेसिवी खरिद गरिएको गाउँपालिकाले जनाएको छ। जेसीबी खरीद गरेपछि पालिका अन्तर्गतका सडक अवरुद्ध भएमा सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस अघि पालिकाको फोहर व्यवस्थापन गर्ने भन्दै खरिद गरिएको ट्याक्टर भने संचालनमा नआएर पालिकाको कार्यालयमा थन्किएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : २० बजे

हुरीसहित असिना पानीको सम्भावना अझै बाँकी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको