४ आश्विन २०८३, आइतबार | September 20, 2026

पत्रकार महासङ्घ र प्रेस युनियनबीच सम्झौता



काठमाडौं । नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युुनियनबीच पत्रकार महासङ्घको निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता भएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले राखेका मागबारे छलफल गरी महासङ्घलाई अगाडि बढाउनका लागि आज तीन बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा महासङ्घको तर्फबाट अध्यक्ष विपुल पोखरेल र युनियनका तर्फबाट अध्यक्ष शिव लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा नेपाल पत्रकार महासङ्घको सुर्खेत साधारणसभाको मर्मअनुसार सदस्यता शुद्धिकरण अभियानलाई तार्किक निष्कर्षमा पु¥याउने, महासङ्घको विधानको प्रचलित व्यवस्थाअनुसार नियमित प्रक्रिया अगाडि बढाउने, महासङ्घको विधानमा देखिएका कतिपय अव्यावहारिक प्रावधानहरु महाधिवेशनमार्फत संशोधन गर्न पहल गर्ने तथा सदस्यता टुङ्गो नलाग्दासम्म निर्वाचनका कुनै पनि तालिका सार्वजनिक नगर्ने उल्लेख छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : ४८ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल