१ पुस २०८२, मंगलबार | December 17, 2025

अर्घाखाँचीमा कार दुर्घटना: एक जनाकाे मृत्यु, ७ जना घाइते



सन्धिखर्क । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ कोलडाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ।

घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १२ : ३२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष