१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रधानमन्त्रीको उपस्थितिमा १६औँ योजनाका विषयमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिएका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताहरूबाट प्राप्त सुझावहरूलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताए ।

छलफलमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूको सहभागिता थियो ।

छलफलमा योजना आयोगका उपाध्यक्ष्य डा मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराएका थिए । उनका अनुसार राजनीतिक दलहरूबाट प्राप्त सुझावहरू समेटेर योजनाको मस्यौँदालाई अन्तिमरूप दिइनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : २९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष