२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

लन्डन म्याराथनमा जाने धावक गोपीचन्द्र पार्कीलाई केएल दुगड ग्रुपको एकलाख



नेपालगन्ज । लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगड ग्रुपले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको गोपीको विदाई कार्यक्रममा केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले लन्डन म्याराथनको पूर्व तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रबन्ध निर्देशक दुगड सहित एनओसीका जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, लि निङको आधिकारित विक्रेता चाइना ट्रेड लिंक प्रा.लिका कार्यकारी अध्यक्ष राजन महर्जनले गोपीलाई विदाई गरेका थिए । शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने गोपीले वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिनेछन् । नवौं धारा नेपालगन्ज म्याराथनमा विजेता बनेर गोपी लण्डन ओलम्पिकका लागि छनोट भएका थिए । धारा धारा नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन ओलम्पिकको यात्रा पक्का गरेको हो ।

विदाई कायृक्रममा एनओसी अध्यक्ष श्रेष्ठले गोपीलाई सफलताको शुभकामना दिए । सो अवसरमा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगडका प्रबन्ध निर्देशक दुगडले गोपीलाई सफलताको शुभकामना दिदै आफ्ना उत्पादन खाद्य सामाग्री प्रदान गरेका थिए ।

विश्वमा शीर्षस्थानका ६ म्याराथन मध्येको एक लण्डन म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन् । यसअघि उनले बर्लिन म्याराथनमा पनि भाग लिएका थिए ।

गोपीले आफ्नो लक्ष्य भनेको भविष्यमा ओलम्पिक खेल्ने रहेको दोहोराएका छन् । उनले लण्डन ओलम्पिकका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए ।

उनलाई विदाई गर्दै लि निङले गोपीलाई ट्रयाकसुट, ज्याकेट, टिसर्ट प्रदान गरेको थियो । लि निङले गोपीका प्रशिक्षक सन्तोष श्रेष्ठलाई पनि टिसर्ट उपहार दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ४ : २५ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य