१८ माघ २०८२, आइतबार | February 1, 2026

लन्डन म्याराथनमा जाने धावक गोपीचन्द्र पार्कीलाई केएल दुगड ग्रुपको एकलाख



नेपालगन्ज । लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगड ग्रुपले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको गोपीको विदाई कार्यक्रममा केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले लन्डन म्याराथनको पूर्व तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रबन्ध निर्देशक दुगड सहित एनओसीका जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, लि निङको आधिकारित विक्रेता चाइना ट्रेड लिंक प्रा.लिका कार्यकारी अध्यक्ष राजन महर्जनले गोपीलाई विदाई गरेका थिए । शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने गोपीले वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिनेछन् । नवौं धारा नेपालगन्ज म्याराथनमा विजेता बनेर गोपी लण्डन ओलम्पिकका लागि छनोट भएका थिए । धारा धारा नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन ओलम्पिकको यात्रा पक्का गरेको हो ।

विदाई कायृक्रममा एनओसी अध्यक्ष श्रेष्ठले गोपीलाई सफलताको शुभकामना दिए । सो अवसरमा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगडका प्रबन्ध निर्देशक दुगडले गोपीलाई सफलताको शुभकामना दिदै आफ्ना उत्पादन खाद्य सामाग्री प्रदान गरेका थिए ।

विश्वमा शीर्षस्थानका ६ म्याराथन मध्येको एक लण्डन म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन् । यसअघि उनले बर्लिन म्याराथनमा पनि भाग लिएका थिए ।

गोपीले आफ्नो लक्ष्य भनेको भविष्यमा ओलम्पिक खेल्ने रहेको दोहोराएका छन् । उनले लण्डन ओलम्पिकका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए ।

उनलाई विदाई गर्दै लि निङले गोपीलाई ट्रयाकसुट, ज्याकेट, टिसर्ट प्रदान गरेको थियो । लि निङले गोपीका प्रशिक्षक सन्तोष श्रेष्ठलाई पनि टिसर्ट उपहार दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ४ : २५ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन