२९ भदौ २०८३, सोमबार | September 14, 2026

व्यापार संघको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

“आउने बर्षमा व्यवसायीक शिथिलता हट्ने विश्वास”



बुटवल । रुपन्देही व्यापार संघले नयाँ बर्ष–२०८१ को पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा पश्चिम नेपाल वस व्यवसायी प्रालीको नवनिर्वाचित सञ्चालक समितिलाई सम्मान गरेको छ । तिलोत्तमास्थित शंकरनगर वनवाटिकामा आयोजित एक कार्यक्रममा शुभकामना आदान प्रदान तथा पश्चिम नेपाल वस व्यवसायी प्रालीको नवनिर्वाचित सञ्चालक समितिलाई सम्मानका साथै संघको एवं विभिन्न वस्तुगत उपसमितिहरुले प्रकाशन गरेका नयाँ भित्ते तथा टेवुल पात्रोको विमोचन पनि गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले सामाजिक सदभाव र मेलमिलापका लागि नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा व्यवसायीक शिथिलता हट्ने भन्दै व्यवसायीक एकतामा जोड दिए ।

श्रेष्ठले मुलुकमा पछिल्ला समयमा देखिएका गतिविधिले सबैलाई चिन्तीत बनाएको र त्यसको अन्त्यका लागि सामाजिक उत्तरदायित्वसहितको जिम्मेवारपूर्ण राजनीतिक नेतृत्व जरुरी भएको उल्लेख गरे । उनले व्यापार संघले व्यवसायीहरुका समस्यालाई केन्द्रविन्दुमा राखेर गरेका कार्यलाई कमी हुन नदिन आग्रह गर्दै संस्कारसहितको नेतृत्व विकासमा जोड दिए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले नयाँ बर्षले सबैमा उमंग र प्रेरणा वढाने विश्वास व्यक्त गर्दै व्यवसायमा आएको मन्दी र आर्थतन्त्रका जटिलतालाई सामना गर्नका लागि व्यवसायीक एकता नै मुख्य हतियार भएको धारणा राखे ।

सो अवसरमा सम्मानित पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले आफुहरुले पाएको सम्मानले जिम्मेवारी थपिएको महशुस भएको बताउदै आगामी दिनमा नयाँ जोश जाँगरका साथ व्यवसायीक क्षेत्रका समस्या समाधान गर्न सबैको साथ सहयोगको अपेक्षा गरे ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले व्यवसायीक संघसंस्थाहरुले सदैव चुनौतिको सामना गर्दै समस्याको समाधानका लागि अग्रसरता देखाउने विश्वास व्यक्त गरे ।

कार्यक्रम संघको धारणा राख्दै अध्यक्ष दिपक प्रसाद अधिकारीले व्यवसायीक संघसंस्थाहरुवीचको सम्बन्धलाई प्रगाढ बनाउन र आपसी मेलमिलाप बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले व्यवसायीक क्षेत्रमा देखिएका समस्याको हल गर्न सम्पूर्ण व्यवसायीकहरु एकताबद्ध भएर अगाडि वढनु पर्ने बताउदै पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको अन्त्य गर्न जरुरी भएको धारणा राखे ।

अध्यक्ष अधिकारीले आगामी दिनमा व्यवसायीहरुको हक हितका साथै सामाजिक क्षेत्रमा संघले आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाए ।

संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले नयाँ वर्षले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाईहरु अन्त्य हुने आशा व्यक्त गरे ।

संघका पूर्व अध्यक्षहरु मोतीलाल पाण्डे, शंकर भट्टराई, श्रीकृष्ण पोखरेलले व्यापार संघलाई थप सवल र गतिशिल संस्थाको रुपमा स्थापित गर्न वर्तमान नेतृत्व लागिपरेको उल्लेख गर्दै नयाँ सालमा अझ गतिशिल बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संघले आयोजना गरेको लुम्बिनी एक्स्पो–२०८० मा सक्रिय रुपमा सहभागी विभिन्न उपसमितिमा बसेर काम गर्नु भएका व्यवसायीहरु, सञ्चारकर्मी तथा वस्तुगत उपसमितिका सदस्यहरु करिव ३ सय जनाको सहभागीता रहेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ९ : ५६ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका