४ आश्विन २०८३, आइतबार | September 20, 2026

उपराष्ट्रपति यादवद्वारा नयाँ वर्षको शुभकामना



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रदेशलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउन आह्वान गरेका छन । नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना दिदै उनले सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउन सबै एकढिक्का भई अघि बढ्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक-सामाजिक प्रणाली तथा गणतन्त्रात्मक लोकतान्त्रिक सङ्घीयता र समावेशीतालाई सबैले पालना गर्न सक्ने शक्ति र सामथ्र्य नयाँ वर्ष २०८१ ले प्रदान गर्नेमा विश्वास समेत व्यक्त गरेका छन ।

“नव वर्ष, २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, सुदीर्घ र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भनेका छन, “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले नयाँ वर्षमा सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन सबै एक ढिक्का भई अघि बढ्ने विश्वास पनि व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले देशलाई सबल र समुन्नत मुलुक बनाउन सबैलाई प्रतिबद्ध र कटिबद्ध हुनका लागि आह्वान गरेका छन । मुलुकमा वर्षौंदेखि अक्षुण्ण रहेको विविधता र एकतालाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प र प्रण लिने अवसरका रुपमा नयाँ वर्षलाई लिन उनको सुझाव छ ।

“मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व-शासनको अधिकारलाई आत्मसात् गर्दै सङ्घीयतालाई थप सुदृढ र बलियो बनाउन संविधानमा भएका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानुनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न पनि सम्बन्धित निकाय किञ्चित विचलित हुन नहुने प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस्,” उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन ।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले नेपालमा बसोबास गर्ने सबै समुदाय, समाज र भूगोलले आ-आफ्नै मौलिक संस्कृति, परम्परा र रीतिरिवाजअनुसार नव वर्ष मनाउनुले हाम्रो मुलुकको मौलिक विशेषता ‘विविधतामा एकता’ लाई सबल र सुदृढ बनाउनमा पनि सहयोग पुग्ने बताएका छन ।

विक्रम संवत्को नयाँ वर्ष शुभारम्भलाई कतै ‘सतुवाइन’, ‘सिरुवा पावनी’, ‘जुडशीतल’, ‘विश्वध्वजपातन’ (विस्काः जात्रा), ‘खायु संन्हु’ आदिका रुपमा पनि मनाउनुले एउटै तिथि र पवित्र पर्वभित्र रहेका हाम्रा ऐतिहासिक, सांस्कृतिक र धार्मिकलगायत विविध आयाम र मौलिक पहिचानको महत्वलाई पुष्टि गर्ने उनको भनाइ छ ।

“संविधानअनुरुप जनताको प्रतिस्पर्धात्मक सङ्घीय बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य, समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि प्रतिबद्धता र दृढता व्यक्त गर्ने अवसरका रुपमा पनि नयाँ वर्षलाई लिनुपर्दछ”, उनको भनाइ छ ।

यस्तै, शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीका लागि निरन्तर रुपमा विभिन्न मुलुकमा विदेशिनुले नेपाली नागरिकले गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन कठिन हुने चिन्ता समेत व्यक्त गरेका छन । उनले विदेश पलायनको समस्या समाधान उन्मुख हुनुपर्नेमा जोड दिएका छन ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै