२० मंसिर २०८२, शनिबार | December 6, 2025

खजुरामा सांस्कृतिक कार्यक्रम गरेर नयाँ वर्षको स्वागत



खजुरा । महङ्गो टिकट बेचेर होटल र पार्टी प्यालेसहरुमा न्यु इयर इभ मनाइरहेका बेला बाँकेको खजुरामा खुल्ला सांस्कृतिक कार्यक्रम गरेर पुरानो वर्षको विदाई र नयाँ वर्षको स्वागत गरिएको छ । खजुरा प्रज्ञा प्रतिष्ठान र मनकामना युवा क्लवको संयुक्त आयोजनामा खजुरामा बिबिध सांस्कृतिक कार्यक्रम गरिएको हो ।

खजुराको मनकामनापुरमा भएको सांस्कृतिक कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले प्रज्ञा प्रतिस्ठानले कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान गरेको बताए । उनले स्थानीय कला र संस्कृतिलाई जोगाउन सबै एक जुट हुन जरुरी रहेको बताउँदै उनले पालिकाले स्थानीय कला संस्कृतिमा सहकार्य गर्न तयार रहेको बताए ।

पालिकाकी उपाध्यक्ष मन्जु मल्लले खजुरा प्रज्ञा प्रतिष्ठानले गठन भएको १ वर्षमा ४ पुस्तक प्रकाशन सहित प्रतिभाको खोजी गरेको जानकारी दिइन् ।

खजुरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न स्थानीय कला प्रतियोगिताको गायन विधामा शुभा शाह प्रथम, सिम्रन उपाध्याय द्वितीय र तिला पाण्डे तृतीय हुन सफल भएका थिए । अडिसन प्रक्रियाबाट छनौट गरिएको एकल गायन प्रतियोगितामा छानिएका ५ जनाबाट ३ जनालाई पुरस्कृत गरिएको गायन बिधाका निर्णयक संयोजक सुन्दर गुरुङले बताए । प्रतियोगितामा विजयताहरुलाई पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रद्दा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरे । सोही अवररमा आयोजित वक्तृत्वकलामा शिक्षा कंडेल प्रथम, कोशिका खड्का द्वितीय र प्रियंका चौधरी तृतीय भएका थिए ।

मध्यराती १२ बजे सम्म स्थानीय कला र संस्कति झल्कने बिबिध सा.सकृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । बिगत लामो समयदेखि मनकामना युवा क्लवले नयाँवर्षको अवसरमा गर्दै आएको सांसकृतिक कार्यक्रममा यसै वर्षबाट खजुरा प्रज्ञा प्रतिष्ठान मिसिन आएको हो । कार्यक्रमलाई आगामी वर्षपनि निरन्तरता दिइने मनकामना युवा क्लवका सचिव लक्ष्मण कंडेलले बताए ।

 

 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १० : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले