२० बैशाख २०८१, बिहिबार | May 2, 2024

दयाको जन्मदिनमा ‘डिग्री-माइला’ को शिर्ष गीत



काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ । सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो । आज सिनेमा रिलिजको दोश्रो दिन हो ।

बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ । सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पारेकी हुन् । गीतमा स्वपनिल स्मृतिको शव्द रहेको छ ।

गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ । भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ ।
रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ ।

सिनेमामा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।

यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ३ : ३६ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ