१७ बैशाख २०८१, सोमबार | April 30, 2024

केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन् : अध्यक्ष ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताए । उनले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताए ।

उनले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताए । उनले भने, “अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ ।” उनले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए ।

संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उनले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताए ।

“संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन”, उनले भने, “राजतन्त्र भएको बेला जनताका अधिकार पटक-पटक खोसिएको थियो । यो राजतन्त्र नभई गणतन्त्रको समय हो । जनताका अधिकार खोस्न मिल्दैन । जनताका अधिकार सुरक्षित छन् ।”

राजा चाहियो भन्नेहरूलाई घरमा राजा थापना गर्न सुझाव दिँदै अध्यक्ष ओलीले भने– मलाई एउटा मालिक चाहियो भनेर कुद्नेहरूले त्यो मालिकको थापना घरमा गर्दै गर्नू, देशले व्यक्तिलाई मालिक थापना गर्दैन, नागरिक सर्वोच्चतालाई मान्छ, जनतामा रहेको सार्वभौमसत्तालाई मान्छ ।

उनले सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने बताए । अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताए । “केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्”, उनले भने ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले अस्पतालले अहिले बहिरङ्ग सेवा (ओपिडी) सेवा प्रदान गर्ने र चाँडै नै १५ शय्या सञ्चालनमा आउने बताए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ८ : ५७ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल