१९ बैशाख २०८१, बुधबार | May 2, 2024

अपराध न्युनिकरणमा बाँके प्रहरी : जघन्य अपराधका ६४ मुद्दामा ५४ फर्च्यौत



नेपालगन्ज । बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतीका ६४ मुद्दामा ५४ वटा मुद्दाको फर्च्यौत गरेको छ । बाँके सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसँगको पत्रकार परिचयात्मक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो विवरण सुनाएको हो ।

अन्तरक्रियामा प्रहरीको कार्य प्रगति विवरण सार्वजनिक गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फर्च्यौत भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फर्च्यौत भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फर्च्यौत भएको जानकारी दिए । त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फर्च्यौत भएको डिएसपी डाँगीले बताए ।

उनका अनुसार साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फर्च्यौत भएको छ भने ७८ वटा मुद्दा तालुक कार्यालयमा पठाइएको छ । जिल्लामा चैत्र मसान्त सम्ममा १०८६ मुद्दा दर्ता भएकोमा सानेही अवधिमा अनुसन्धानका लागि ५०८१ जनालाई पक्राउ गरिएको डीएसपी डाँगीले बताए । प्रहरीले फैसला कायान्यन तर्फ २३२ जनालाई पक्राउ गरि अदालतमा बुझाएको र २३ लाख ४७ हजार जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।

अन्तरक्रियामा बोल्दै प्रहरी प्रमुख कार्कीले आफ्नो कार्यकाल मिडीया मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले प्रहरीसँग भएका सबै सूचना उपलब्ध गराउने र अनुसन्धानमा प्रभाव पार्ने सूचनाको सुरक्षा गर्न पत्रकारहरुलाई आग्रह गरे । अपराध नियन्त्रणमा शुन्य सहनशिलता अवलम्बन गर्ने दृढता ब्यक्त गर्दै कार्कीले प्रहरी संगठनलाई पूर्ण व्यवसायिक बनाइने बताए ।

अन्तरक्रियामा उपस्थित पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन आग्रह गरेका थिए । अन्तरक्रियामा वरिष्ठ पत्रकार निरज गौतम, लियाकत अलि, रुद्र सुबेदी, कृष्ण अधिकारी लगायतले प्रहरीबाट हुनुपर्ने व्यवहार र सूचनाका बारेमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : २७ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी