१७ बैशाख २०८१, सोमबार | April 30, 2024

दाङका होटेल व्यवसायीलाई भाडा तिर्नै समस्या



तुलसीपुर । पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि यहाँका होटेल व्यवसायी मारमा छन् । होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासङ्घका तुल्सिपुरका अध्यक्ष घनश्याम डाँगीको भनाइ छ ।

“होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन्”, उनले भने, “व्यवसायी पलायन हुने अवस्थामा छ ।” होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने माग होटेल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कराज काफ्लेले गरे । होटेल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उनको भनाइ छ ।

“होटेल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो”, उनले भने, “यसमा राज्यले चासो दिनुपर्छ ।” पर्यटन प्रवद्र्धनदेखि स्थानीयस्तरको विकासका लागि होटेल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बताए । यसमा होटेल व्यवसायी एकजुट हुनुपर्ने उनको भनाइ छ । अहिले होटेल व्यवसायीलाई लगानी गर्ने वातावरणसमेत नरहेको बस्नेतको भनाइ छ ।

“धेरै होटेल व्यवसायी पलाइन भइसके”, उनले भने “अझै पलायन हुने अवस्था जारी छ, अहिले लगानी गर्ने वातावरण पनि छैन ।” दाङको तुलसीपुरमा मात्रै पाँच सयभन्दा बढी होटेल व्यवसायी छन् । तर, अधिकांश होटेलहरुले भाडा तिर्नसमेत नसकिरहेको तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए ।

दाङ प्रदेशको राजधानी भए पनि टरिगाउँ विमानस्थल नियमित सञ्चालन नहुँदा पनि बाह्य मानिस आउन नपाउँदा होटेल चल्न नसकेको उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  २ : २० बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल