३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

अर्थमन्त्री पुन अमेरिका प्रस्थान



काठमाडौं । अर्थमन्त्री वर्षमान पुन तीन दिने भ्रमणका लागि सोमबार अमेरिका प्रस्थान गरेका छन् । त्यहाँ हुन लागेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुनसहितको नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको हो ।

उनीहरू सोमबार बिहान राति २ बजे कतारवेजको जहाजमार्फत् वासिङ्टन डिसीका लागि उडेका हुन् । टोलीमा मन्त्री पुनसहित अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् ।

भ्रमणका क्रममा मन्त्री पुनले अमेरिकामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसहित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ०३ बजे

नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा

प्यारामाउण्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलले माध्यमिक शिक्षा

डोजर आतंक र जबर्जस्ती उठिबासविरुद्ध माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर आतंक,