१७ बैशाख २०८१, सोमबार | April 30, 2024

राप्रपाको काठमाडौं केन्द्रीत जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु



काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ । बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए । आन्दोलनकारीलाई हटाउनेक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो । डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए ।

डाँगीलाई आज मध्याह्न १२ बजे राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : ५० बजे

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि