१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

तिनाउको नुवाकोटमा उजिरसिंह थापाको सालिक अनावरण



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोटमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज एक कार्यक्रमकाबीच सालिकको अनावरण गरे ।

सालिक निर्माणका लागि तिनाउ गाउँपालिका बाट ४ लाख ९० हजार, बुटवल उपमहानगर पालिकाबाट ३ लाख ९० हजार र शाईन रेशुङ्गा डेभलपमेन्ट बैकबाट ५ लाख तथा श्री गरूणदल गण बुटवलबाट मानव श्रोत साधन सहयोग भै सालिक निर्माण भएको हो ।

नेपाली सेनाले अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक स्थल जितगढी किल्लासंग सम्बन्धित नुवाकोटमा पनि कर्णेल उजिर सिंह थापाको स्मृति ताजा राख्ने उद्देश्यले पूर्णकदको सालिक बनाइएको हो । सोमबार सालिक अनावरण कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवलको जितगढी र पाल्पाको नुवाकोटलाई जोडेर सामरिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डये, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ,गरुड दल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपाने लगायतले आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ४३ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत