३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

एसीसी प्रिमियर कपमा ओमानले युएईलाई हरायो



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित भएको सो खेल १५-१५ ओभर खेलिएको थियो ।

युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै युएईले १५ ओभरमा ५ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा कुवेतले बहराइनलाई २६ रनले पराजित गरेको छ ।

योसँगै समुह बि मा ओमान अपराजित रहदै ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा छ भने कुवेत ३ खेलमा ४ अंकसहित दोस्रो र युएई ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै बहराइनले तिनै खेलमा हार बेहोरेको छ भने कम्बोडियाले २ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ११ बजे

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम