१७ बैशाख २०८१, सोमबार | April 30, 2024

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय



भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवद्र्धनमा पनि उनीहरू लागेका छन् ।

यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, कालीनाग, सेतीनाग, सहस्र नाग, जलपा, पञ्चकोटी, झाँक्री, सिद्धसिकारी, महारानी, ठकुरारी, सिंहदेवी, शीलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेका पुजारी प्रेमबहादुर खड्काले बताए । रामनवमी, तिज, शिवरात्रि, बालाचतुर्दशीलगायत पावन दिनमा मेला लाग्ने गरेको छ ।

मन्दिरको प्रचारप्रसारसँगै यसको विकास तथा जग्गा व्यवस्थापनमा पनि स्थानीय जुटेका छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भोलिदेखि १३ गतेसम्म महायज्ञ आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले जानकारी दिए । यो देवस्थलको विकास तथा प्रवर्द्धन गर्न यहाँ महायज्ञ सञ्चालनको तयारी गरिएको सन्तानेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए । महायज्ञबाट यहाँको प्रचारप्रसारसँगै आन्तरिक पर्यटक आकर्षित गर्न टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

गरुयोजना निर्माण गरेर गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नं १ तिलाहारमा रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुण डाँडा, सन्तानेश्वर महादेव, च्याङग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको विकासका निम्ति का गरिरहेको उनले दोहो¥याए ।

“सन्तानेश्वर महादेव मन्दिर संरक्षणको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तदनुरुप काम भइरहेको छ । गाउँपालिका तथा प्रदेश सरकारको लगानीमा मन्दिर तथा भौतिक संरचना निर्माण गरेका छौँ । गाउँपालिकाभित्रका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरेर तिनलाई आर्थिक पक्षसँग जोड्ने हाम्रो लक्ष्य छ”, अध्यक्ष राईले भने । वडा कार्यालयले पनि यो स्थानको विकासको लागि बजेट विनियोजन गरेर संरक्षण गरिरहेको वडाध्यक्ष बोमप्रसाद राईले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : २९ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल