२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल बन्यो समुह विजेता



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो ।

कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो ।

यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।

यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समुह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ ।

त्यस्तै समुह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको नेपाल समुह बिजेता बनेको छ । नेपाल आफ्नो अन्तिम खेल अघि नै समुह विजेता बनेको हो । अब नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ ।

त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समुह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ । त्यसैगरी समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने  अब अन्तिम खेलहरुबाट लाग्ने छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ४ : ३१ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य