२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलको सिद्धार्थ कटेजलाई थ्रि स्टार स्टीकर प्राप्त



बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको सिद्धार्थ कटेजलाई हरियो स्टीकर (थ्रि स्टार) प्राप्त गर्दै अतिउत्तममा पर्न सफल भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट गरिएको अनुगमन गर्दा कटेजको सेवाको गुणस्तरीय ए ग्रेडको रहेको हुदा हरियो स्टीकर पाएको हो ।

खाद्य मापदण्डमा ९३ अंकसहित अतिउत्तम रहेको खाद्य निरिक्षक दिपक कुमार यादवले बताए । नेपाल सरकारको ५० वटा विभिन्न बुदाहरुलाई आधार बनाएर कार्यालयबाट गरिएको अनुगमनमा सिद्धार्थ कटेजको सेवा अतिउत्तम भएको उनले बताए ।

होटलको सेवालाई मुख्य गरि ए, बि, सि र डि गरि चार ग्रेडहरु दिदै आएको उनले बताए । ९० भन्दा माथि अंक पाउने होटललाई ए ग्रेड दिईने उनले बताए । यसैगरि ८०-८९ सम्म बि, ६५-७९ सम्म सि तथा ५०-६५ सम्म डि ग्रेड दिईने उनले बताए । ‘यो एक वर्षको लागि मान्य हुन्छ ।’- उनले भने । नेपाल सरकारको ५० वटा विभिन्न बुदाहरुमा आधार बनाएर मापदण्ड बनाएर गरिएको अनुगमनमा कटेजको सेवा अतिउत्तम बन्न सफल भएको कटेजका शाखा प्रमुख केशव बश्यालले बताए । ग्राहकको सन्तुष्टिसंगै स्वस्थ्यमा समेत ध्यान दिन गरि किचन, खानाको लेभल, सरसफाई, तापक्रम, नो स्मोकिङ जोन, फ्रिजको तापक्रमको अवस्था रेकर्ड, कर्मचारीको तालिमलाई ध्यान दिदा राम्रो नतिजा आएको उनले बताए ।

अनुभवी सेफ केशव अर्यालले स्वाद पर्यटनमा नेपाल निक्कै धनि भएको भन्दै मानव स्वस्थ्यसंग खानेकुरा जोडिने बताए । किचन सफा र हाईजेनिक राख्न सफल हुदा अति उत्तम बन्न सफल भएको उनले बताए ।

पहिलो चरणको फागुनमा र दुई चरणमा भएको चैत २४ देखि शुरु भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत जोस्ना शर्माले बताईन । अनुगमनको क्रममा कतिपय मापदण्डमा कमजोर रहेका होटललाई आवश्यक सुझाव दिने गरिएको उनले बताईन ।

होटल ब्यवसायीहरु आफ्नो सेवालाई ग्रेडिङको लागि कार्यालयमा दिने निवेदनको आधारमा ग्रेडदिने गरिएको कार्यालयका प्रमुख अनुप हलुवाईले बताए । रुपन्देहीका १३ वटा होटलबाट निवेदन दिएको आधारमा अनुगमन गरिएको उनले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ५ : १० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले