२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ



बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट ठुलो परिमाणको चरेस सहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ती टोलीले बर्दियाको सीमा फुटाहाको दशगजा नजिकैबाट करिब २३ किलो चरेशसहित रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ का ३४ वर्षिय बमबहादुर पुनलाई पक्राउ गरेको हो ।

मङ्गलबार बिहान ३ः४५ बजे बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सीमा इलाकामा शङ्कास्पद गतिबिधि गरिरहेका पुनलाई शङ्का लागी चेकजाँच गर्नेक्रममा उनको साथमा रहेको दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागू औषध चरेश बरामद भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाका सशस्त्र प्रहरी नयब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

पुन चरेस रहेको झोला बोकेर नेपालबाट भारततर्फ जान लाग्दा पक्राउ परेको डीएसपी थापाले बताए । पुनलाई बरामद सामानसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ५५ बजे

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान