१८ माघ २०८२, आइतबार | February 2, 2026

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक



काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा हरेक पटक क्यास ब्याक पाउने व्यवस्था मिलाइएको छ । जिएमई रेमिटले स्मिथ एण्ड स्मिथको साझेदारीमा क्यास ब्याक योजना ल्याएको हो ।

योजना अन्तर्गत रोमानियाबाट नेपालमा विप्रेषण पठाउँदा प्रति कारोबार नगद २ सय ५० क्यास ब्याक प्राप्त गर्न सकिने जिएमईले जनाएको छ । योजना १ अप्रिल २०२४ देखि लागु भई ३१ मेई २०२४ सम्म संचालन हुने जिएमई रेमिटका महाप्रबन्धक वद्री कटवालले बताए । उनका अनुसार रोमानियाबाट स्मिथ एण्ड स्मिथका मार्फत बैंक खाता, वालेट र नगदमा विप्रेषण पठाउँदा प्रति कारोबार नगद २ सय ५० प्राप्त गर्न सकिने छ ।

नेपालमा जिएमई रेमिट सँग आबद्ध २५ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र नेपाल अधिराज्य भरिका कुनै पनि उपभोक्ताहरुको बैंक तथा वित्तीय संस्थाको खातामा सहि समयमा रकम जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेको जिएमई रेमिटले जनाएको छ । जिएमई रेमिटमा मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : ५५ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन