४ पुस २०८२, शुक्रबार | December 20, 2025

क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने २ जना नेपालगन्जबाट पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने २ जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ । नेपालगन्ज – ८ भाटभटेनि नजिकैबाट नेपालगन्ज -२० का अमृत कुमार वर्मा र जानकी गाँउ पालिका – १ का रियाज खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

वर्मा र खाँ सहितका ब्यक्तीहरुले गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सीको कारोबार गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । उनीहरुले प्रतिदिन १ करोड बराबरको अबैध कारोबार गर्ने गरेको प्रारम्भीक अनुसनधानमा खुलेको डीएसपी डाँगीले बताए ।

पक्राउ परेकाहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको हुँदा बाँके जिल्ला अदालतबाट ५ दिनमो म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको