९ चैत्र २०८२, सोमबार | March 23, 2026

क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने २ जना नेपालगन्जबाट पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने २ जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ । नेपालगन्ज – ८ भाटभटेनि नजिकैबाट नेपालगन्ज -२० का अमृत कुमार वर्मा र जानकी गाँउ पालिका – १ का रियाज खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

वर्मा र खाँ सहितका ब्यक्तीहरुले गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सीको कारोबार गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । उनीहरुले प्रतिदिन १ करोड बराबरको अबैध कारोबार गर्ने गरेको प्रारम्भीक अनुसनधानमा खुलेको डीएसपी डाँगीले बताए ।

पक्राउ परेकाहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको हुँदा बाँके जिल्ला अदालतबाट ५ दिनमो म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : ३२ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले