६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

त्रिभुवन युनाइटेनमा कक्षा १२ का विद्यार्थीलाई बिदाई तथा सम्मान



बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलतासँगै बिदाई गरिएको छ । विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले बुधबार बृहत कार्यक्रम गरी कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरेका हुन ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको शैक्षिक विकासमा त्रिभुवन युनाइटेड एकेडेमीको पनि ठूलो योगदान भएको चर्चा गरिन । उनले बुटवल शिक्षाको हव बन्नेको भन्दै आगामी दिनमा यहाँको शिक्षाको ठूलो भविश्य रहेको बताइन । उपप्रमुख अर्यालले विद्यार्थीहरुलाई अध्ययन पूरा गरी देशकै केही गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थीहरुलाई आपसी मित्रवत व्यवहार र हौसला दिन विद्यालयले हरेक वर्ष बिदाई समारोह आयोजना गर्दै आएको बताए । सहप्राचार्य बस्यालले यस्तो कार्यक्रममा विद्यार्थीमा ओरेन्टेसनको रुपमा उपयोग हुनेमा विश्वास व्यक्त गरे । सो अवसरमा बोल्दै विद्यालयका शिक्षक डिबी खत्रीले विद्यार्थीलाई आउदै गरेको परीक्षालाई राम्रोसँग उपयोग गरी उच्च अंक ल्याउने आशा लिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका नासु शिव पराजुली, विद्यालयका सञ्चालक घनश्यास भुसाल, विद्यालयका प्लस टु प्रमुख गुरुदत्त गुरुदत्त पौडेल लगायतले बोालेका थिए । विद्यालयले छोटो समयमा शैक्षिक सफलता हासिल गर्दै गइरहेको छ । विद्यालयको कक्षा १२ मा २८६ जना विद्यार्थी अध्ययनरत छन । भने, कक्षा ११ मा २४० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर र फाइनान्सको पढाई हुन्छ । कक्षा ११ का विद्यार्थी प्रवेश गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय अस्मी थापा, र अभिषेश गौतमले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरी कार्यक्रममा मनोरन्जन प्रदान गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : ४३ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता