२५ माघ २०८२, आइतबार | February 8, 2026

पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१को मृत्यु, ६७ घाइते



इस्लामावाद । भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ । विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडिएमए० का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन् । घाइते हुनेमा ४१ जना रहेका छन् भने एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् ।

यसैगरी पूर्वी पञ्जाब प्रान्तमा २३ जनाको ज्यान जानुका साथै सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो भने अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।

कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ५ : २२ बजे

प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात