१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

१ लाख २० हजार घुस लिँदालिँदै जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल नेपालगन्जबाट पक्राउ



काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित नेपालगन्जमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालन्जबाट खटिएको टोलीले अधिकृत पाललाई घुस लिइसकेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बुधबार नियन्त्रणमा लिएको हो ।

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलिले पाललाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । सेवाग्राहीबाट एक लाख बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको एक हजार पाँच रुपैयाँ समेत गरी जम्मा एक लाख एक्काइस हजार पाँच पालबाट बरामद भएको अख्तियारले जनाएको छ ।

घुस रकम सहित पक्राउ परेका पालउपर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ९ : ५० बजे

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत