२३ भदौ २०८३, मंगलबार | September 9, 2026

१ लाख २० हजार घुस लिँदालिँदै जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल नेपालगन्जबाट पक्राउ



काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित नेपालगन्जमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालन्जबाट खटिएको टोलीले अधिकृत पाललाई घुस लिइसकेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बुधबार नियन्त्रणमा लिएको हो ।

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलिले पाललाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । सेवाग्राहीबाट एक लाख बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको एक हजार पाँच रुपैयाँ समेत गरी जम्मा एक लाख एक्काइस हजार पाँच पालबाट बरामद भएको अख्तियारले जनाएको छ ।

घुस रकम सहित पक्राउ परेका पालउपर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ९ : ५० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी