५ बैशाख २०८३, शनिबार | April 19, 2026

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु



नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ । सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

नादियाद नजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो, जुन यो ट्यांकर पुणेबाट मुम्बई जाँदै थियो भने सो कार बडोदराबाट अहमदाबाद जाँदै थियो । सोही रोकिराखेको टयांकरमा गएर कार ठोक्किएको हो ।

सो गाडीमा १० जना सवार रहेका थिए भने ८ जनाको घटनास्थल मै र २ जनाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक रहेका छन् । दुर्घटनाको खबर पाए लगत्तै दुईवटा एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । यससँगै राजमार्गको उद्धार टोली पनि घटनास्थलमा पुगेको थियो ।

दुर्घटना यति भीषण भएकोले शव कारभित्रै फसेको प्रहरीले जनाएको छ । शव निकाल्न गाडीको पाता काट्नु परेको थियो । उक्त दुर्घटनाका कारण द्रुतमार्गमा निकै जाम भएको थियो । प्रहरीले कुनै न कुनै तरिकाले गाडी छेउमा पार्क गरेर जाम हटाएको थियो ।

मृतकको बुधबार राती अबेरसम्म पनि सनाखत हुन सकेको छैन । कारमा बडोदा, नाडियाद र अहमदाबादका यात्रु रहेको प्रहरीको अनुमान छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । कारको दर्ता नम्बरका आधारमा मृतकको परिचय खुल्ने प्रयास भइरहेको छ ।

पछाडीबाट कार कसरी ट्याङ्कर भित्र पस्यो भन्ने पनि अनुसन्धान भइरहेको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ । रामनवमीका कारण द्रुतमार्गमा सवारीसाधनको खासै भीड नभएको उनले बताए । यस सम्बन्धमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ७ : ५८ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको