१९ बैशाख २०८१, बुधबार | May 1, 2024

पोखरामा जीप दुर्घटना, आठ चिनियाँ पर्यटक घाइते



पोखरा । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् ।

पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् । घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत क्षति पुगेको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ११ : ४७ बजे

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ

बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर

ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

ललितपुर । गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो

कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको