६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय



बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् । सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो ।

त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक(एक मन्त्रालय पाउने भएका छन् ।

यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगाएको छ । एमालेबाट  चेतनारायण आचार्य यसअघि नै मन्त्री रहेका छन् र उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै भूमिश्वर ढकालले सहरी ढकाल, दिनेश पन्थीले गृह, अर्जुनकुमार केसीले सामाजिक विकास र रत्न खत्रीले वन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आजै ११ सदस्यीय मन्त्रिपरिषद बनाउदै छन् र बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १२ : २२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज