५ बैशाख २०८३, शनिबार | April 19, 2026

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु



वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।

घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ । यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्क नजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो ।

अमेरिकामा बन्दुक हिंसा सामान्य छ । यहाँ मान्छेभन्दा धेरै बन्दुक छ । बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ ।

सामूहिक गोलीबारीलाई चार वा त्योभन्दा धेरै मानिस घाइते भएको वा मारिएको भनी परिभाषित गर्ने गैरसरकारी सङ्गठन गन भायलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा एक सय २० वटा सामूहिक गोलीबारी रेकर्ड गरिएका छन् । गत वर्ष कूल छ सय ५६ यस्ता गोलीबारी भएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : २६ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको