२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५ औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन ।

हिजो सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो ।

मुलुकको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरुको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : ३४ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको