६ आश्विन २०८३, मंगलबार | September 22, 2026

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५ औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन ।

हिजो सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो ।

मुलुकको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरुको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : ३४ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत