६ आश्विन २०८३, मंगलबार | September 22, 2026

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने



काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी, कोशी, मधेस, बागमती गण्डकी र कर्णाली प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी भागका मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

आज अपराह्न र राति लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ५२ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत