४ पुस २०८२, शुक्रबार | December 19, 2025

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त



धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुवै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका-४ का दुई जना युवकहरूले भगाएर लगेको र उनीहरु परिवारको सम्पर्कमा अहिलेसम्म नरहेको बताइएको छ । प्रहरीले आफ्नो छोरीहरू खोज्न पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै केटी पक्ष आक्रोशित बनेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुङ्गा हानेर सिसा फुटाई दिए पछिको स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको जनाएको छ । प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको बताएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ४ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको